२६ श्रावण २०७७, सोमबार १६:२४

पार्टी भित्र र बाहिर दुईथरी कुराले पार्टीमा समस्या : नेकपा प्रवक्ता श्रेष्ठ


मिडिया क्लब नेपाल, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको द्वैध चरित्रका कारण पार्टीमा समस्या आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले पार्टीको जनवादलाई सक्रिय बनाउँदै समस्याको समाधान गर्नु नै आजको मूल आवश्यकता भएको जनाएका छन् ।
उनले गतिरोध अन्त्यका लागि पार्टीमा सिधा छलफल आवश्यक रहेको औंल्याएका छन् ।
“पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्काे कुरा र एक ठाँउमा एउटा कुरा, अर्काे ठाउँमा अर्का कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ ।” प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि