काभ्रेमा थप १० जनालाई कोरोना संक्रमण
मिडिया क्लब नेपाल, धुलिखेल । काभ्रे जिल्लामा मंगलबार १० जनालाई कोरोना पुष्टि भएको छ । जसमा धुलिखेल नगरपालिकाका १ महिला, बनेपा नगरपालिकाका ८ पुरुष, बेथानचोक गाउंपालिकाका १ पुरुष रहेका छन् ।
काभ्रेमा जम्मा संक्रमितको संख्या ३३४ पुगेको छ ।१५९ जनाले कोरोनामुक्त भई घर फर्किसकेका छन् । १३१ को बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
होम आइसोलेसनमा २७ जना घरैमा स्वास्थ्य सुरक्षा सर्तकता अपनाई बसेका र २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेले जानकारी दिएको छ ।