‘बैंकका सञ्चालकका लागि नयाँ व्यवस्था लागु’

मिडिया क्लब नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकका लागि नयाँ व्यवस्था ल्याएको छ ।
राष्ट्र बैंकले गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाको एउटा सञ्चालकले एक कार्यकालभन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको यो व्यवस्था नयाँ हो । यसअघि यो व्यवस्था थिएन । बैक तथा वित्तीय संस्थाहरुका सञ्चालकले जति कार्यकाल पनि समितिको संयोजक रहन सक्थे ।
यस्तै राष्ट्र बैंकले सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पनि निर्देशन गरेको छ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु÷गराउनु नहुने निर्देशिकामा उल्लेख गरिएको छ ।