१७ आश्विन २०७७, शनिबार १७:५७

विश्वका सबभन्दा ठूला सुनखानी, विश्वको एकतिहाइ सुन अफ्रिकाबाट


एजेन्सी । इतिहासमै सुनको सबभन्दा विशाल खानी दक्षिण अफ्रिकाको विटवाटरस्रान्ड बेसिन रहेको छ । विश्वको एकतिहाइ परिमाणको सुन त्यहाँबाट मात्र उत्खनन गरेर निकालिएको छ ।
अन्य ठूला खानीमा दक्षिण अफ्रिकाकै मपोनेङ खानी, अस्ट्रेलियाका सुपर पीट तथा बोडिङ्टन खानी, इन्डोनेशियाको ग्रास्बर्ग खानी तथा नेभाडा, अमेरिकाका खानी हुन् ।
अहिले विश्वमा सबभन्दा धेरै सुन उत्खनन गर्ने मुलुक चीन हो भने क्यानडा, रुस तथा पेरू पनि ठूला उत्पादक हुन् ।

कम्पनीहरूमध्ये सबभन्दा ठूलो सुनखानी कम्प्लेक्स नेभाडा गोल्ड माइन्सको छ जसको बहुमत स्वामित्व ब्यारिक गोल्डसँग छ।

नयाँ खानीहरू अब कमै फेला पर्न थालेका छन्। त्यसैले धेरै उत्पादन पुरानै खानीहरूबाट भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि