१२ चैत्र २०७९, आइतबार / Sun Mar 26, 2023

समस्या भए मौद्रिक नीतिको समीक्षामा छलफल हुन्छ : राष्ट्र बैंक


मिडिया क्लब नेपाल, काठमाडौं । कर्जा लगानीको मुख्य स्रोत नै निक्षेप संकलन हुँदा ७ वर्षभन्दा कम अवधिको लागि प्राप्त भएका निक्षेपबाट लामो समयको लागि फिक्स्ड ब्याजदरमा कर्जा प्रवाह गर्न बैंकहरुलाई समस्या भएको प्रष्ट हुन्छ ।
यसअघि पनि केही बैंकहरुले घर कर्जा, सवारी कर्जामा निश्चित समय तोकेर सो समयावधि भित्रका लागि फिक्स्ड ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका थिए ।
तर राष्ट्र बैंकले एकिकृति निर्देशीका २०७७ जारी गर्दै यस प्रकारको कर्जाको ब्याजदर दिर्घकालिनरुपमा नै स्थिर बनाउन निर्देशन दिएको हो ।
जारी निर्देशिकामा भनिएको छ, ‘इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’

साथै, निर्देशन जारी हुनुपूर्व मासिक र त्रैमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले गरी सकेको छ ।

यसको कार्यन्यवनका अप्ठ्यारा पक्षहरुको अध्ययन गरी बैंकर्स संघले असोज ११ गते राष्ट्र बैंकमा सुझाव पत्र पठाएको थियो ।

स्थिर ब्याजदर सम्बन्धमा पत्रमार्फत् दिर्घकालिन रूपमा स्थिर ब्याजदरमा व्यक्तिगत कर्जा प्रवाह गर्न सोही अनुसारको लामो समयसम्मका मुद्दति निक्षेप नभएको संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि