२८ आश्विन २०७७, बुधबार १४:२६

खाद्य सङ्कटमा परेको हुम्लाको लिमीमा ३०० क्विन्टल चामल पठाइयो


हुम्ला । हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ ।

गत चैतदेखि नै सिमानाका बन्द भएपछि खाद्यान्न सामग्री आयात नुहँदा त्यस क्षेत्रमा खाद्य सङ्कट भएको थियो । त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल बुझाइएको छ ।

खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

लिमीका तीनवटै गाउँमा खाद्यान्न सङ्कट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि