२८ आश्विन २०७७, बुधबार १४:४३

बैंकबाट यसरी लिन सकिन्छ दशैंका लागि नयाँ नोट


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यसपालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ ।
गएका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना कार्यालयहरुका साथै विभिन्न बैंकहरु मार्फत नयाँ नोटको सटही गर्ने व्यवस्था मिलाउँदै आएको थियो । सर्वसाधारणहरुले दशैंका लागि आवश्यक पर्ने नयाँ नोट लाइन बसेर सटही गर्दथे ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम नोट सटहीको गर्दा बढ्ने सम्भावना भएकाले सटही नगर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
तर पनि आवश्यक पर्नेले आफ्नै खाताबाट नयाँ तथा सुकिला नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
नोट सटही गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटक सटही नगर्ने निर्णय गरिएकाले केही मात्रमा आवश्यक पर्नेलाई बैंकबाट आफ्नो खातामा रहेको रकम झिक्दा नयाँ तथा सुकिला नोट दिने व्यवस्था भने हुने प्रवक्त भट्टले बताएका छन् ।
ग्राहकले एटीएमबाट रकम झिक्दा समेत नयाँ तथा सुकिला नोट प्राप्त गर्न सक्ने बताइएको छ ।
राष्ट्र बैंकले दशैंको बेलामा ५, १०, २०, ५०, १ सय र ५ सय रुपैयाँ दरका नयाँ नोट सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि