२४ कार्तिक २०७७, सोमबार १६:५०

विद्युत प्राधिकरणमा फर्किएनन् कुलमान, निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त


काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिएर असोज पहिलो साता बिदा भएका कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा पुनः आउने आशमा सम्पूर्ण नेपाली थिए । अन्तत कुलमान नफर्किने भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिरकणमा कार्यकारी निर्देशक पद खाली छ । घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो ।
शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइइको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि