५ मंसिर २०७७, शुक्रबार १७:३५

काठमाडौं उपत्यकामा निशेधाज्ञासहितको लकडाउन


काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण ह्वातै बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् ।
मेयरहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा गर्नेबारे सरकार सकारात्मक रहेको उपत्यका नगरपालिका फोरमले बताएको छ ।
अहिले उपत्यकामा रहेको संक्रमित मध्ये ९० प्रतिशत घरमा रहेका र १० प्रतिशत मात्र आइसोलेसन सेन्टरमा रहेको फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठले बताएका छन् । घरमा बसेका संक्रमितहरु बजार, अफिस जाने गरेको समेत गुनासो आएकोले संक्रमण फैलिने भयावह खतरा रहेकोले फेरि एकपटक लकडाउन गर्न उपत्यकाका मेयरहरु एकमत रहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि