५ मंसिर २०७७, शुक्रबार १७:५४

प्रचण्डमाथि एक एक हिसाब किताब हुन्छ : इश्वर पोखरेल


काठमाडौँ– उपप्रधानमन्त्री नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको सचिवालय बैठकमा ओलीविरुद्ध पेश गरेको १९ पृष्ठ लामो आरोपहरुको पुष्टि गर्न पोखरेलले चेतावनी दिएका हुन् ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पोखरेलले प्रचण्डले लगाएका आरोप पुष्टि गर्नुपर्ने अन्यथा त्यसको ‘एकएक हिसाब किताब’ हुने बताएका हुन् ।
उनले आउँदो १३ गते बस्ते सचिवालय बैठकमा दाहालले लगाएका आरोपहरुको जवाफ औपचारिक रुपमा जवाफ दिने तयारी भइरहेको जानकारी दिए ।
‘जसको बुँदाबुँदा गत रुपमा जवाफ आउँछ । पुष्टि गर्न सक्नु भएन भने ? ती लगाइएका आरोपहरुप्रति प्रधानमन्त्रीले औपचारिक रुपमा बोल्नुहुन्छ । ओलीज्यूले यथोचित ढंगले खण्डन गर्छु, र त्यसका लागि केही समय पाउँ भन्नुभएको छ । हामी आशा गरौं १३ गते प्रधानमन्त्रीले आफ्नो भनाइ राख्नुहुनेछ,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि