१२ मंसिर २०७७, शुक्रबार १७:२३

महान फुटबल खेलाडि डिएगो म्याराडोनाको अन्तिम बिदाइमा उर्लियो जनसागर


एजेन्सी । फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टि गरिएको छ । आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए ।
बिहीवार गरिएको निजी समारोहमा भने केबल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए ।
तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो । उनको पार्थिव शरीर राखिएको शवपेटिका सामु धेरैले प्रार्थना गरेका थिए ।
बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो ।
उनको शवपेटिकालाई आर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो । त्यसलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो ।
उनलाई अन्तिम बिदाइका निम्ति मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए ।

भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको बताइएको छ ।
शान्ति कायम गर्नका निम्ति अधिकारीहरूले उनको शवको सार्वजनिक प्रदर्शन रोकेका थिए । त्यसपछि मोटरमा राखेर बेला भिस्टा चिहानस्थलमा लगियो जहाँ उनका आमाबुवालाई गाडिएको ठाउँ नजिकै उनको शव पनि गाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि