१५ मंसिर २०७७, सोमबार १६:५०

‘कोभिड–१९ प्रभावित अर्थतन्त्र होला त चलायमान ?’


काठमाडौं । गत वर्षको अन्त्यदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले थला परेको अर्थतन्त्रमा हालै मात्र आएको उत्तरचढावले सुधारको आशा गर्न सकिने अर्थ विज्ञहरुले बताएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् ।
तर कोभिड अवधीभर अर्थतन्त्रलाई वास्तै नगर्ने सरकारले अब चाहिँ अग्रभागमा रहेर काम गर्ने विश्वास गर्न नसकिने व्यवसायीहरु बताउँछन् ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । उनले यसमा नीजि क्षेत्रको साथको पूर्ण अपेक्षा गरेको पनि बताएका छन् । सरकार अग्रभागमा रहने भए पनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने अर्थमन्त्री पौडेलको भनाइ थियो ।
सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोरोनाले निम्त्याएका चुनौतीलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको उनले स्पष्ट पारेका थिए । अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि