२९ मंसिर २०७७, सोमबार १८:२०

‘राजावादीसँग ओलीकै मिलोमतो’


काठमाडौं । देशका विभिन्न शहरमा भएका राजावादीका प्रदर्शनमा कतै वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै त मिलोमतो हो कि भन्ने आशंका विपक्षी पार्टी तथा राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

सोमबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यस्तै आशंका प्रकट गरेका छन् । सरकारविरुद्ध हेटौडामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजावादी आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।

हिजो आइतबार प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोहाङले पनि सडकमा राजावादीहरू आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप लगाएका थिए । झापाको दमकमा प्रदेशस्तरीय अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै मन्त्री आङ्बोहाङले यस्तो आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि