१९ पुष २०७७, आईतवार १२:२३

बुडोल सामुदायिकको २१ औं साधारण सभा सम्पन्न, अध्यक्षमा कैलाश के.सी. चयन


काभ्रे । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामहरि के.सी. को सभापतित्वमा भएको कार्यक्रममा कोरोना भाइरस (कोभिड१९) संक्रमणको विषम परिस्थितीलाई ध्यानमा राखी साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती, जुम भिडियो कन्फरेन्स र संस्थाको आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सदस्यहरुको सहभागिताको ब्यवस्था गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव पे्रमनाथ शर्मा कोईरालाले आर्थिक वर्ष ०७६।०७७ को सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्री ध्रुबबहादुर भुजेलले आर्थिक वर्ष ०७६।०७७ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.व.०७७।०७८ र ०७८।०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रामकृष्ण राय क्षेत्रीले गर्नु भएको थियो । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष ४ गतेदेखि नै उपस्थिती खुल्ला गरिएको वरिष्ठ कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

नयाँ सञ्चालक समिति चयन

साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि कैलाश के.सी.को अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी., संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित हुनु भएको छ । सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजकत्वमा सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि