४ चैत्र २०७७, बुधबार १६:३३

सर्वोत्तम सिमेन्टको आईपीओ मूल्य ७५० !


काठमाडौं । सौरभ समूहको उत्पादित सर्वोत्तम सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको छ । ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक र प्रभु क्यापिटल तथा एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेर कम्पनीले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी सुरु गरेको हो ।
पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता बराबरको आईपीओ जारी हुने सौरभ ग्रुपका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिए । सिमेन्टको आईपीओको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ भन्दा बढी हुने कम्पनीले जनाएको छ ।
व्यवसायीक उत्पादन सुरु भएदेखि नै निरन्तर नाफा कमाउँदै आएको सर्वोत्तम सिमेन्ट पछिल्लो तीन वर्षको औषत मुनाफा कर पछिको मात्रै एक अर्ब चार करोड छ । दैनिक तीन हजार मेट्रिकटन क्लिंकर तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले कम चुक्त्ता पुँजीमा बढी प्रतिफल दिनसक्ने अध्यक्ष न्यौपाने बताउँछन् ।
पछिल्लो तीन वर्षको औषत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षसम्म ईपीएस ४५ रुपैयाँबाट नघट्ने कम्पनीको दाबी छ । गत माघ मसान्तसम्म दुई अर्ब ३१ करोड रिजर्भ रहेको कम्पनीको सम्पत्ति २० अर्ब (२ हजार करोड ) रुपैयाँ बराबरको छ । कम्पनीले आगामी तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकाले प्रतिफल धेरै दिन सक्ने पनि जनाएकोछ । आईपीओबाट प्राप्त हुने रकम मध्ये ४० प्रतिशतले ऋण भुक्तानी गरी ऋण मुक्त हुँने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर बनाउने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि