२४ चैत्र २०७७, मंगलवार १८:४७

परोपकार महिला साकोसको तेस्रो वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


दोलखा । चरिकोटमा रहेको परोपकार महिला साकोसको तेस्रो चरणको वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ६ मा मंगलबार सम्पन्न भएको छ ।
आफ्ना सदस्यलाई आम्दानी, खर्च, बीमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संसथाका २५ जना सदस्यको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र ऋण -उप समिति सदस्य कल्पना आचार्यले गर्नु भएको थियो । कार्यक्रमपश्चात सहभागीले यस किसिमका ज्ञानले आफ्नो दैनिक जीवनमा ठुलो महत्व रहने र आगामी दिनमा सोही अनुरूप अगाडि बढ्ने भनी खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षा उप-समिति संयोजक सुनिता पोखरेल, सञ्चालक सदस्य कल्याणी शिवाकोटी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि