‘कोरोनाको दोस्रो लहरले अर्थतन्त्र थप जोखिममा’

काठमाडौं । पहिलो लहरको कोरोनापछि विस्तारै उकालो लागेको नेपाली अर्थतन्त्र कोरोनाको दोस्रो लहरबाट थप प्रभावित हुने जोखिम देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।
केन्द्रीय बैंक स्थापनाको ६६ औं वर्ष प्रवेशका अवसरमा बोल्दै गर्भनर अधिकारीले कोरोनाको दोस्रो लहरले अर्थतन्त्र जोखिममा रहेको बताएका हुन् ।
गभर्नर अधिकारीले आफ्नो सम्वोधनमा भने, ‘कोभिड-१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको अवस्था छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ ।’
अघिल्लो पटकको महामारीका बेला राष्ट्र बैंकले लिएको नीतिका कारण अहिले अर्थतन्त्र उकालो लाग्न थालेको गर्भनर अधिकारीले दाबी गरेका छन् । तर, कोभिड-१९ अझै यथावत रहेकाले अर्थतन्त्रमा जोखिम कायमै रहेको उनको भनाइ छन् ।
गभर्नर अधिकारीले हालसम्म ४८ हजार ५ सय ५० जना कोरोना पीडितलाई ४२ अर्व १७ करोड पुनर्कर्जा वितरण भएको बताए । राज्यले कोरोना प्रभावित ७७ हजार १ सय ९६ जनाका लागि सहुलियतपूणर् कर्जा उपलब्ध गराएको उनले भने ।