२४ बैशाख २०७८, शुक्रबार १६:०४

‘नेपालमा कोभिडको दोस्रो लहर : नियमित हवाई उडान र अधिकांश नाका बन्द’


काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणको प्रयास स्वरूप सोमवारदेखि आन्तरिक उडानहरू स्थगित गरेको नेपालले बिहीवार मध्यरातबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू पनि बन्द गरेको छ ।
हवाई उडानबारे मन्त्रिपरिषद्ले यसै साता गरेको निणर्यलाई कार्यान्वयनमा ल्याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
गत आइतवार मन्त्रिपरिषद्को बैठकले वैशाख मसान्तसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निणर्य गरेको थियो ।
त्यसैगरी सरकारले अहिले भारतसँग ३५ मध्ये १३ वटा नाकाबाट मात्रै आवतजावत गर्न पाइने व्यवस्था गरेको छ ।
मन्त्रालयस्थित नागरिक उड्डयन तथा हवाई महाशाखाका अनुसार नियमित उडानहरू स्थगन भए पनि केही उडान चाहिँ गर्न पाइन्छ ।
अन्तर्राष्ट्रिय हकमा कार्गो र मेडिकल चार्डर्ट उडान हुन् । यात्रुका लागि चार्डर्ट गर्न थाल्ने हो भने उडान गराउन राज्यले ठूलै संयन्त्र परिचालित गर्नुपर्ने हुन्छ ।
त्यसबाहेक नेपाल र भारतबीच ‘एअर बबल स्कीम’ अन्तर्गत हप्तामा दुई वटा उडान गर्न पाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सहमतिअनुसार हप्तामा एक दिन नेपाल वायुसेवा निगमले र अर्को दिन एअर इन्डियाले काठमाण्डू र दिल्लीबीच दुईतर्फी उडान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि