२६ बैशाख २०७८, आईतवार १९:२८

‘गण्डकी प्रदेशमा गुरुङले राजिनामा दिएपछि काङ्ग्रेस तात्यो नयाँ सरकार बनाउन’


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अल्पमतमा परेपछि राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।
विपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संसदको विशेष अधिवेसन मुख्यमन्त्री गुरुङको राजीनामासँगै निस्कृय भएको बताए ।
संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए ।
बैशाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो ।
विशेष अधिवेसनमा बैशाख १५ गते अविश्वास प्रस्तावमाथि छलफल गरेर मतदानमा लैजाने कार्यसूची थियो। त्यही दिन राष्ट्रिय जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
सदनमा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै विपक्षी दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।
सोमबार हुने अविश्वास प्रस्तावमा मतदान गर्न आइतबार नै विपक्षी दलका सांसदहरु पोखराको होटलमा आएर बसेका थिए ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित नेपालीले अब आफूहरु बहुमत संसदसहित सरकार गठन गर्नतर्फ जुटेको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि