२६ बैशाख २०७८, आईतवार २१:५०

पाँचखाल नगरका प्रमुख, उपप्रमुख र अधिकृत चढ्ने गाडि एम्बुलेन्स प्रयोग गर्न दिने घोषणा


काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल चढ्ने सरकारी र नीजि सवारी साधन, उपप्रमुख लक्ष्मी दनुवार र प्रमुख प्रशासकीय अधिकृत शिबप्रसाद हुमेगाइले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरिएको छ ।
नगरमा ४ वटा एम्बुलेन्सले सेवा दिन कठिनाइ भएमा आफू चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग हुने मेयर महेश खरेलले बताउनुभएको छ ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले नगरपालिकाबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ ।
समाजसेवाका नाममा राजनीति गर्ने स्थानीय तहका नेताहरुले उहाँबाट पाठ सिके असल संस्कारको विकास हुने थियो ।

पाँचखाल र भुम्लुको संयुक्त आइसोलेसन

पाँचखाल नगरपालिका र भुम्लु गाउपालिकाबिच अक्सिजन सहितको ५० बेडको आइसोलेसन पाँचखालमा रहेको सभाहलमा बनाउने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि