२९ बैशाख २०७८, बुधबार १९:३२

मण्डन देउपुरमा नगरको सिफारिस नपाउँदा स्वाब संकलन अवरुद्ध


काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले सामान्य सिफारिस नदिँदा स्वाब संकलन शिविर अवरुद्ध भएको छ ।
मण्डन देउपुर नगरपालिकाका सबै नागरिकको निःशुल्क स्वाब संकलन गरी परिक्षण गरेर रिपोर्टसमेत वितरण गर्ने गरी समाजसेवी कश्यप पौडेल र समाजसेवा समुहको सहकार्यमा गर्ने गरी तयारी गरिरहँदा मण्डन देउपुर नगरपालिकाले सामान्य सिफारिस समेत नदिँदा उक्त कार्य रोकिएको छ । नगरले गर्न नसकेको काम त्यहाँका समाजसेवीले गर्न लागेकोमा सामान्य सिफारिस समेत नदिई जनस्वास्थ्यमाथि नगरले खेलबाड गरेको छ ।
त्यसो त मण्डन देउपुर नगरपालिकाका मेयरले आफूलाई व्यक्तिगत रुपमा फाइदा नहुने जुनसुकै काममा बाधा पुर्‍याउने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि