१० चैत्र २०७९, शुक्रबार / Fri Mar 24, 2023

‘उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द’


काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (बिहीबार)देखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द हुने भएको छ ।
काठमाडौं जिल्ला प्रशासनले बुधबार एक सूचना जारी गरी कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द हुने जानकारी दिएको हो ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।
यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो। संक्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि