१९ जेष्ठ २०७८, बुधबार १४:२९

नैकापमा पर्खाल भत्किँदा दुई जनाको ज्यान गयो, दुईजना घाइते


काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि