२४ जेष्ठ २०७८, सोमबार १३:०६

मिलिजुली कालिञ्चोक साकोसले ऋणको ब्याजमा १५ प्रतिशतसम्म छुट दिने


दोलखा । दोलाखामा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड-१९ को चपेटामा परेका ऋणी सदस्यलाई व्याजमा छुटको व्यवस्था गरेको छ ।
मिलिजुली कालिञ्चोक साकोसका सदस्यहरुले ऋणको ब्याजमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । तिर्न बाँकी ब्याज आगामी असार १० गते भित्र बुझाएमा २०७८ बैशाख २३ गते पछिको ब्याजमा १५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको संस्थाले बताएको छ । त्यसैगरी तिर्नबाँकी ब्याज २०७८ असार २० गतेसम्म बुझाएमा बैशाख २३ गतेपछिको ब्याजमा १२ प्रतिशत छुट र असार मसान्त भित्र बुझाएमा लकडाउन अवधिभरको ब्याजमा १० प्रतिशत छुट संस्थाले दिने भएको छ । संस्थाले यस अवधिभरका लागि हर्जानामा शतप्रतिशत छुट दिने भएको छ ।
त्यसैगरी संस्थाले असार महिनाभरका लागि मासिक बचत, दैनिक र बाल बचतमा दिँदै आएको ब्याजमा १ प्रतिशत थप गर्ने भएको छ । संस्थाले हाललाई आइतबार र बिहीबार बिहान ९ बजेबाट संस्थाको कार्यालय खुल्ला रहने जनाएको छ । अत्यावश्यक कार्यका लागि तोकिएका सम्पर्क व्यक्तिहरुबाट सेवा लिन संस्थाले अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि