१९ असार २०७८, शनिबार ०८:१९

‘बाढी र पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने सबै सडकखण्ड अवरूद्ध’


काठमाडौं । केही दिनदेखि परेको वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी-कुलेखानी-फाखेल, भीमफेदी-सिस्नेरी-दक्षिणकाली र भैसे-पालुङ-नौबिसे सडकखण्ड अवरूद्ध बनेको छ ।
भीमफेदी गाउँपालिका-८ कोगटेमा गएको पहिरोले बाटो भासिँदा शुक्रबार रातिदेखि कान्ति लोकपथ अवरूद्ध बनेको छ। यस्तै, त्रिभुवन राजपथको हेटौंडा-भैंसे सडकखण्डअन्तर्गत भीमफेदी-१ बाघझोराको खोलाको बहाव बढ्दा बाटो अवरूद्ध बनेको दासले जानकारी दिए । बाघझोराको खोलामा लेदोसहितको ठूलो बाढी आएकाले बाटो अवरूद्ध भएको उनको भनाइ छ। त्यस्तैगरी भीमफेदी-९ अघोर, थाहा नगरपालिका- ६ खानीगाउँ, थाहा-१२ गैरीगाउँमा पहिरो जाँदा भैंसे-पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध बनेको छ ।
भीमफेदी-६ साउनेखोल्सीमा बुधबारदेखि खसेको पहिरो पन्छाउन नसक्दा बाटो अवरूद्ध बनेको छ। निमित्त प्रहरी प्रवक्ता दासको अनुसार इन्द्रसरोबर गाउँपालिका-४ महालक्ष्मीखोला र इन्द्रसरोबर- २ कुलेखानीमा पहिरो जाँदा भैंसे-भिमफेदी-फाखेल र सिस्नेरी सडक खण्ड पनि अवरूद्ध बनेको छ ।
चितवन-मुग्लिन हुँदै काठमाडौं जाने सडकखण्ड पनि अवरूद्ध भएकाले हेटौंडाबाट काठमाडौं जाने सबै सडक अवरुद्ध भएको छ । लगातारको वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । पहिरो पन्छाएपनि बाघझोराको पानीको बहाब नघटेसम्म सडकसञ्जाल सञ्चालनमा आउन नसक्ने प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि