२८ असार २०७८, सोमबार १७:३८

बेथानचोक १ को रतौन खोलाले बगाउँदा एक महिलाको मृत्यु


काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङ्गबेशीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
बेथानचोक १ मा रहेको रतौन खोलाले बगाउँदा सोही गाउँमा बस्ने ५० वर्षिय पुतलीमाया लोप्चनको मृत्यु भएको हो । आइतबार साँझ खोला तर्ने क्रममा बगाएको स्थानीयले बताएका छन् ।
तीन वर्षअघि पुल बनाउन डिपिआर भए पनि अझै पुल बन्न सकेको छैन । बेथानचोक गाउँपालिकाका वडा नं. १ र खानीखोलाका स्थानीय समेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि