२१ श्रावण २०७८, बिहीबार १८:०२

केयू र नमोबुद्ध नगरपालिकाको सहकार्यमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी


फोटो : काठमाडौं विश्वविद्यालय

काभ्रे । काठमाडौं विश्वविद्यालय र काभ्रेको नमोबुद्ध नगरपालिकाको सहकार्यमा नमोबुद्ध नगरपालिका क्षेत्रमा पशु विज्ञान अनुसन्धान केन्द्रको स्थापना गर्ने तयारी थालिएको छ ।
बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नमोबुद्ध नगरपालिकामा नगर प्रमुख टिपी शर्मा बीच भएको छलफलले नगरपालिका क्षेत्रभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको बताइएको छ ।
बैठकमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफू निर्वाचित हुनुअघि नगरबासीसँग गरेको प्रतिवद्धताअनुसार नगरमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको पहल गरिएको बताउनुभयो ।
छलफलमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. थापाले पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिका उपयुक्त रहको र नगरमा अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, काठमाडौं विश्वविद्यालयका अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि