१० चैत्र २०७९, शुक्रबार / Fri Mar 24, 2023

सक्षम साकोसको स्थापना दिवसमा ‘बनेपा स्तवन’ पुस्तक विमोचन


बनेपा । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको सक्षम बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो २७ औं स्थापना दिवस मनाएको छ ।
समाजलाई सकारात्मक सन्देश दिने फरक फरक गतिविधि गर्दै आइरहेको सक्षम साकोसले २७ औँ स्थापना दिवस पारेर संस्कृतिविद ज्ञानकाजी मानन्धरद्घारा लिखित ‘बनेपा स्तवन’ पुस्तकको दोश्रो संस्करण प्रकाशन गरी बनेपामा एक समारोहको आयोजना गरेर सार्वजनिक पनि गरेको छ । शनिबार बनेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठले पुस्तकको सार्वजनिकीकरण गर्नुभएको थियो । कार्यक्रममा लोपोन्मुख ‘देश नाच’ पनि प्रस्तुत गरिएको थियो ।
पुस्तकमा ऐतिहासिक शहर बनेपाको इतिहास, रितिरिवाज, संस्कृति, चाडपर्व आदिका बारेमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारीविद कैलासभक्त प्रधानांग, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा थामसुङ सुब्बा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
साकोसले आर्थिक गतिविधिभन्दा बाहेक शिक्षा, स्वास्थ्य, संस्कृति लगायत अन्य कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि