१२ बैशाख २०७९, सोमबार ०७:४८

हाम्रो उद्देश्य पिछडिएका वर्गलाई वित्तीय पहुँच पुर्‍याई उद्यमशील र सक्षम बनाउने हो (अन्तर्वार्ता)


के.बी. लामा स्याङ्तान
प्रमुख कार्यकारी अधिकृत
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.

के.बी. लामा स्याङ्तान, एसियाकै उत्कृष्ट सहकारी संस्था बिन्धवासिनी बचत तथा ऋण ऋण सहकारी संस्थामा २०५८ सालदेखि व्यवस्थापन प्रमुखको जिम्मेवारी हुनुहुन्छ । बिन्धवासिनी साकोसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय थुप्रै सम्मान र पुरस्कारहरु प्राप्त गरेको छ । साथै प्रमुख कार्यकारी अधिकृत लामाले पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ । लामाले हालै अक्कुबाट Credit Union Executive Award 2021 पनि पाउनुभएको छ । सहकारी क्षेत्रको लामो अनुभव हासिल गर्नुभएका लामासँग सहकारी परिवेशले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

१) एसियाकै उत्कृष्ट सहकारी संस्था, बिन्धवासिनी साकोसको व्यवस्थापन प्रमुखमा लामो समयदेखि आबद्ध हुनुहुन्छ, बिन्धवासिनी साकोसका सेवाका विषयमा बताइदिनुस न ?
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित संस्था हो । सहकारीमा पनि हाम्रो संस्था बचत तथा ऋणको कारोबार गर्ने एकल उद्देश्य भएकाले यसको मुख्य उद्देश्य वित्तीय पहुँच भएका पिछडिएका वर्गलाई वित्तीय पहुँच पु¥याई उद्यमशील र आर्थिक सबलीकरण बनाउने हो । म २०५८ सालदेखि व्यवस्थापन प्रमुखको हैसियतमा यस संस्थामा आबद्ध छु । म नेपाल सरकारको सरकारी जागिरमा अवसर आउँदा पनि सरकारी सेवामा आबद्ध भईन । सहकारीको माध्यमबाट ग्रामिण जनतालाई वित्तीय साक्षरताको माध्यमबाट सुसुचित गराउने, उनीहरुको आर्थिक उन्नतिका ढोकाहरु खोल्ने ध्येयले सहकारी क्षेत्र रोजें र निरन्तर यसैमा आबद्ध भईरहे । हामी पहिलेदेखि नै सुशासनमा प्रतिबद्ध भई सदस्यहरुलाई सर्व सुलभ तरिकाले वित्तीय तथा गैह्रवित्तीय सेवा प्रवाह गर्छाै । ऋण लगानी गर्दा अनावश्यक शुल्क केही पनि लिदैनौं कतिपय ऋणहरु ग्रामिण क्षेत्रका महिला दिदी बहिनीहरुलाई लगानी गर्ने लघुवित्त ऋण जस्ता ऋणमा सेवा शुल्क समेत लिदैनौं । निरन्तर रुपमा सदस्यको क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि सञ्चालन गरी शेयर सदस्यले सहज रुपमा सेवा पाउने वातावरण बनाउनु हाम्रो मुख्य ध्येय हो । प्रविधिको उच्चतम प्रयोग गरी एटिम, मोबाइल बैकिङ्ग, ट्याबलेट बैकिङ्ग जस्ता सेवाहरुको उच्च सुरक्षाको व्यवस्था गरेको छौं । क्यूआर कोड सेवा, क्यासलेस बैकिङ्ग सेवा पनि सुरु गर्ने योजनामा छौं । यसका साथै २०५८ साल देखि सदस्य सुरक्षण कार्यक्रम संचालन गरी स्वास्थ्य उपचार राहत रु. २०,०००।–, पारिवारिक राहत रु. १५,०००।– सम्म, दैवी प्रकोप राहत रु. ५,०००।– सम्म, सदस्य मृत्यु राहत रु. २०,०००।– सम्म, नवजात शिशु सेवा राहत रु. १,०००।– सम्म गरी रु. ६१,०००।– सम्मको सदस्य राहत, प्राणघातक रोगहरु जस्तै मुटु, मस्तिष्क, मृगौला, क्यान्सर आदि लागी उपचार गराउनु परेमा रु. २०,०००।– सम्म विशेष उपचार राहत निःशुल्क रुपमा प्रदान गर्दै आएकाछौं । यस कार्यक्रम अन्तर्गत संस्थाले बार्षिक रु. ७० लाख भन्दा बढि भुक्तानी गरी रहेकोछ ।
२०५८ साल देखि नै पिछाडिएका र वित्तीय पहुँच बाहिरका महिला दिदी वहिनीहरुलाई आवद्ध गराई घरदैलोमा वित्तीय सेवा प्रदान गर्ने, सिपविकास गरी व्यवसायी बनाई आर्थिक विकास गर्ने, बचत गर्न उत्पेरित गर्ने, ऋण लिई व्यवसायी बनाउन रुं. ५ लाख सम्म समुह जमानतमा विना सेवा शुल्क ऋण प्रवाह गर्ने व्यवस्था गरी लघुवित्त कार्यक्रम संचालन गर्दै आएकोछ भने युवा वर्गलाई समेत संस्थाको सेवामा आवद्ध गर्न युवा सशक्तिकरण तथा विकास कार्यक्रम संचालन गर्दै आएकोछ ।
यसको साथै २०६० साल देखि सदस्यहरुको लागत सहभागितामा रु. २० लाख सम्मको लघु जीवन विमा कार्यक्रम रु.४।८० प्रिमियम दरमा संचालन गर्दै आएको छ भने पशु विमा, बाली विमा सेवा पनि अगाडि बढाएकोछ ।
सदस्यलाई सर्वशुलभ सेवा प्रदान गर्न ३६५ दिने तथा सन्ध्याकालीन बैकिङ्ग सेवा, निःशुल्क एबिबिएस बैकिङ्ग सेवा र कृषि क्षेत्रमा सदस्यहरुलाई प्राविधिक सहयोग गर्न कृषि जेटिएहरुको व्यवस्था गरी ८० वटा कृषक समुहका २,००२ घरधुरीलाई ज्ञानमा आधारित कृषि सेवा प्रदान गर्दै आएकाछौं भने आगामी दिनमा सदस्यहरुबाट उत्पादित कृषि तथा पशुजन्य बस्तुको संकलन, ग्रेडिङ्ग,प्याकेजिङ्ग, बजारीकरण र बिक्री वितरण गरी उत्पादक र उपभोक्ता बिचको विचौलियाहरुले लिने लाभलाई न्यूनीकरण गरी उत्पादक शेयर सदस्यहरुलाई अधिकतम लाभ पु¥याउने र सदस्यहरुलाई आवश्यक दैनिक उपभोग्य बस्तुहको सर्वशुलभ तवरबाट प्राप्त गराउन मिनीमार्ट संचालन गर्ने जस्ता कार्य गर्न बनेपामा आफ्नै बहुउद्देश्यीय भवन निर्मानधीन अवस्थामा रहेको छ ।
सदस्य पूर्व सहकारी शिक्षा कार्यक्रम, सदस्य शिक्षा कार्यक्रम, सञ्चालक समिति, उप समितिका पदाधिकारीहरु, संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका कार्यक्रम, स्कूल कलेजमा वित्तीय साक्षरता, निःशुल्क स्वास्थ्य शिविर, दन्त शिविर, अन्धोपन निवारण कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर, वातावरण संरक्षण तथा सरसफाई, सामाजिक तथा सामाजिक कर्यक्रम, निःशुल्क अक्सिजन वितरण, स्थानीय पालिकासंगको सहकार्यमा कृषि ऋणमा ६% सम्म व्याज अनुदानको व्यवस्था जस्ता जस्ता कार्यक्रमहरु समेत सञ्चालन गरिरहेका छौं ।

२) बिन्धवासिनी साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु पाइरहेको छ, त्यो सफलता कसरी मिल्यो ?
बिन्धवासिनी साकोसका कार्यक्रमहरुलाई सबैले नियालिरहनुभएको छ । हामी सधैं सुशासनमा कटिबद्ध भएर लागिरहेका छौं । शेयर सदस्यको विश्वास र वित्तीय अनुशासन, कर्मचारी वर्गको मिहिनेत, इमानदारिता, लगनशिलता र सदस्य सेवामा प्रतिबद्धता, समिति उप समितिको दूर दृष्टिकोण र निःस्वार्थ योगदानको त्रिपक्षीय संयोजनबाट सुशासनयुक्त सेवामा सबैको पहुँच हुने वातावरण कायम हुुनुका कारण नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु पाउन सफल भएका हौं । पुरस्कार भनेको सबै अध्ययन गरेर उत्कृष्ट भएपछि पाउने हो । पुरस्कार पाउँदा हामी गौरान्वित हुन्छौं तर धेरै उत्साहित भएर र्‍याली र प्रचारमा कहिले पनि लाग्दैनौं । हामी राम्रो हुँदा अति खुशी र नराम्रो हुँदा दुःखी हुँदैनौं । अहिलेको दशकमा महाभुकम्पको सामना गर्‍यौ, कोरोना भाइरस (कोभिड १९) को सामना गर्‍यौ । यी संकटका क्षणमा पनि सदस्यहरुलाई गुणस्तरीय सेवा सुविधा दिन हामी लागिरहेका छौं । हामी सुशासनमा प्रतिबद्ध भएर सधैं लागेकाले नै यो सफलता हात परेको हो ।

३) बिन्धवासिनी साकोसले पाएका सम्मानहरु के के हुन ?
बिन्धवासिनी साकोसले कहिले पनि सम्मानका लागि आग्रह गरेको छैन । हाम्रो राम्रो काम देखेर नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले सम्मान गर्नुभएको छ । राष्ट्रिय रुपमा २०६६ सालदेखि सम्मान पाउन थालेका हौं ।
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले प्राप्त गरेको सम्मान पुरस्कारहरु यसप्रकार रहेका छन् :
१) पहिलो सर्वोत्कृष्ट साकोस पुरस्कार २०६६ (नेफ्स्कून)
२) उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६७ (राष्ट्रिय सहकारी संघ लि)
३) अन्तर्राष्ट्रिय लघुवित्त प्रबद्र्धन पुरस्कार (क्यूमी अवार्ड) सन् २०१० – एशियाली ऋण महासंघ (अक्कू)
४) मिक्स मार्केटबाट ५ तारा प्राप्त गर्न सफल
५) ACCESS BRONZE सन् २०१२– २०१५ एशियाली ऋण महासंघ (अक्कू)
६) मध्यमाञ्चल उत्कृष्ट सहकारी संस्था पुरस्कार २०७१ (राष्ट्रिय सहकारी बैक लि.)
७) ACCESS SILVER सन् २०१६–२०२० ( एशियाली ऋण महासंघ (अक्कू)
८) उत्कृष्ट करदाता सम्मान, २०७३।७४ (आन्तरिक राजस्व कार्यालय काभ्रे)
९) अधिकतम शेयर खरिद सम्मान २०७७ (काभ्रे जिल्ला बचत संघ)
१०) उत्कृत बचत कारोबार सम्मान २०७७ (नेफ्स्कून)
११) Covid-19 को महामारीमा उत्कृष्ट सदस्य सेवा सम्मान २०७८ (नेफ्स्कुन)
संस्थापक अध्यक्ष भरतप्रसाद शर्माज्यूले नेफ्स्कूनबाट २०७४ सालमा उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार पाउनु भएको छ भने मलाई ACCU बाट Credit union outstanding executive Award 2021 प्रदान गर्ने घोषणा भएको छ ।

४) तपाईं आफैं पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा सम्मानित हुनु भयो, ती सम्मानहरुबारेमा पनि केही बताइदिनुस न ।
मैले अघि पनि भनिसके हामीले कहिले पनि सम्मानको लागि आग्रह गर्दैनौं, विभिन्न संस्थाहरुले नै हाम्रो कार्य सम्पादन, सदस्यलाई प्रदान गर्ने सेवा सुविधा, सुशासनको अवस्था, सम्मान दिनुभएको हो । हामीलाई सम्मान गरेर अझ हाम्रो हौसल्ला बढाइदिनु भएकोमा उहाँहरुप्रति हार्दिक आभार प्रकट पनि गर्दछौं । मैले २०७० नेफ्स्कूनबाट राष्ट्रिय उत्कृष्ट व्यवस्थापक पुरस्कार पाएको थिए, २०७० मा जिल्ला सहकारी संघ लि. काभ्रेबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार पाएको थिए । हालै अक्कुबाट Credit Union  Executive Award 2021 पनि पाएको छु ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि