गाँजा खेतीबारे अध्ययन गर्दै सरकार, ‘अध्ययनपछि लगत्तै निर्णय’
काठमाडौं । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।
कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् ।
नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने उनको जवाफ छ ।