६ आश्विन २०७९, बिहीबार २२:४४

उग्रतारा बहुउद्देश्यीय सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न


काभ्रे । बनेपास्थित उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.कोे १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगर पालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्य, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी तथा लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तिराज कायस्थले पेश गर्नु भएको आ–आफ्नोे प्रतिवेदन अनुसार उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाको आर्थिक बर्ष २०७८।०७९ मा कुल सदस्य संख्या २४९०, जगेडा तथा अन्य कोष गरी कुल रु ५ करोड ११ लाख ४४ हजार, कुल शेयर पुंजी ५ करोड २६ लाख ९ हजार, कुल बचत ७८ करोड ३२ लाख ८३ हजार, कुल कर्जा सापट ७३ करोड ८४ लाख २४ हजार, कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार, कुल खर्च ७ करोड ५७ लाख ५७ हजार भई कुल सम्पत्ती ९० करोड १० लाख ६२ हजार भएको बताउनु भयो ।
उक्त साधारण सभामा ८० बर्ष र सो भन्दा बढी उमेर भएका संस्थामा कारोबार गरिरहेका जेष्ठ शेयर सदस्यहरुलाई रु ५०००।– नगद सहित सम्मान गरिएको र उत्कृष्ट बचत तथा ऋणमा कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि शान्तिरत्न शाक्यले संस्थाले नगरपालिकाको कुनै पनि कार्यक्रममा सहयोग गर्नु पर्ने उल्लेख गर्नुका साथै अर्का बिशिष्ठ अतिथि काभ्रे जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष तथा बनेपा नगरपालिकाका सहकारी संयोजक सागरनाथ कपालीले संस्थाले संस्था निती, बिधि, प्रबिधि र प्रणाली अनुसार संचालन भई शेयर सदस्यहरुको मन जित्न सफल भएको बताउनु भएको थियो । संस्थाका सबै पदाधिकारीहरु, शेयर सदस्य तथा पत्रकारहरुको उपस्थिती रहेको साधारण सभा संचालन संचालक सदस्य दिब्यश्वरी लाखे पोटेले स्वागत मन्तव्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले धन्यबाद ज्ञापन र सभा बिसर्जन संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले गर्र्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclub[email protected]
सामाजिक संजालमा हामि