३ चैत्र २०७४, शनिबार १२:०१

च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बार्सिलोना, रियल, म्यान सिटी र बायर्नका प्रतिद्धन्द्धी यस्ता छन्


३ चैत । काठमाडौं

युरोपियन शीर्ष क्लबहरुको प्रतियोगिता च्याम्पियन्स लिगको यो वर्षको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । गएराती भएको ड्रमा गत वर्षको च्याम्पियन रियल म्याड्रिडले इटालीको युभेन्टस्सँग भिड्ने भएको छ । लगातार दुई उपाधि जितेर ह्याट्रिक गर्ने दाउमा रहेको रियल ला लिगाभन्दा यो प्रतियोगितामा फर्ममा छ । अप्रिल ४ मा युभेन्टसको मैदानमा र अप्रिल १२ मा रियलको मैदानमा यी दुई टोली भिड्नेछन् । गत वर्षको च्याम्पियन्स लिगमा फाइनलमा रियलले युभेन्टसलाई ४–१ पराजित गरेको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा युभेन्टस्ले फराकिलो हार बेहोर्न पुगेको थियो ।

ला लिगाको लिग लिडर बार्सिलोनाले इटालीकै एएस रोमा प्रतिद्धन्द्धी पाएको छ । अन्तिम पटक २०१५\१६ को च्याम्पियन्स लिगमा दुवैपटक बार्सिलोनाले हराएको थियो । पहिलो लेगमा पहिलो लेगमा एक एक गोलको बराबरी भए पनि दोस्रो लेगमा बार्सिलोनाले ६–१ को जित निकालेको थियो । अब यी दुई पहिलो लेग अप्रिल ४ मा बार्सिलोनाको घरेलु मैदान र दोस्रो लेग अप्रिल १० मा रोमाको घरेलु मैदानमा हुनेछ ।
यता दुई इंगलिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल आपसमा भिड्ने भएका छन् । क्वाटरफाइनलबाट एउटा इंगलिस क्बल पाखा लाग्ने भएको छ । अर्को स्पेनिस क्लब सेभिल्लाले जर्मनीको बायर्न म्युनिखसँगको भिडन्त पक्का गरेको छ । म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर आएको सेभिल्लाको पनि मनोबल उच्च छ । तर, बायर्न पनि उत्तिकै बलियो टोली हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि