मेसी र रोनाल्डोलाई छायाँमा पार्दै विश्व फुटबलमा सनसनी मच्चाउँने को हुन् यी सलाह ?
४ चैत । काठमाडौं
१० वर्षयता विश्व फुटबलमा लियोनेल मेसी र क्रिश्चियानो रोनाल्डोले एकछत्र राज गर्दै आएका छन् । उत्कृष्ट खेलाडीको उपाधि होस् वा युरोपका उत्कृष्ट क्लबहरुको च्याम्पियन्स लिग नै किन नहोस् यसमा स्पेनको लालिगाका बार्सिलोना र रियल म्याड्रिडको वर्चस्व रहँदै आएको छ ।
समकालीन फुटबल दुनियाँमा मेसी र रोनाल्डोले गज्जवमात्रै उत्कृष्ट कला देखाउँदै आएका छन् । उमेरले दुवै खेलाडी ३० नाघे पनि उनीहरुको लय उत्तिकै लोभलाग्दो छ । यी दुवै खेलाडीहरुका पछिल्ला गोलहरु हेर्ने हो भने पनि यिनमा अझै उत्कृष्ट खेल्ने र गोलको भोक देखिन्छ ।
यिनै उत्कृष्ट दुई खेलाडीको वर्चस्व चलिरहेका बेला लिभरपुलमा अहिले एक खेलाडीले गज्जव प्रदर्शन गरिरहेका छन् । उनी हुन् मोहम्मद सलाह । २५ वर्षका सलाह फरवार्ड हुन् ।
उनी क्लबमा ११ नम्बरको जर्सी लगाएर खेल्नछन् । उनी एल मोकाओलन, बासेल, चेल्सी, फियोरेन्टिना र इटालीको रोमा हुँदै २०१७ यता लिभरपुलबाट खेलिरहेका छन् । रोनाल्डो र मेसीले जस्तो ठूला प्रतियोगिता नजितेकाले मात्र उनी छायाँमा पर्दै आएका छन् । उमेर पनि भर्खर २५ वर्ष भएका कारण अब मेसी र रोनाल्डोभन्दा सलाह उत्कृष्ट बन्दै जाने देखिएको छ । किनकी राम्रोभन्दा राम्रो प्रदर्शन गर्न उनीसँग अझै उमेर छ ।
इजिप्टका सलाहले २०१७ मा एस रोमाबाट इङल्याण्डको लिभरपुल आएपछिका ३० खेलमा २८ गोल गरेका छन् । जुन मेसी रोनाल्डोको भन्दा धेरै हो । लिगका ३० खेलमा २८ गोल गरेका छन् । अरु क्लबस्तरीय विभिन्न प्रतियोगितामा गरी ४० खेलमा ३६ गोल गरिसकेका छन् । जुन मेसीको यो वर्षको कूल गोलसंख्या भन्दा दुईले बढी हो ।
मेसीले लिगका २७ खेलमा २४ गोल, च्याम्पियन्स लिग र क्लवस्तरीय सबै प्रतियोगिता गरी ३४ गोल गरेका छन् । शनिबार मात्र वाटफोर्डविरुद्ध सलाह एक्लैले चार गोल गरेपछि उनले मेसी, ह्यारी केन र रोनाल्डोलाई पनि गोल संख्यामा पछि छोडेका हुन् । सलाहले देशका लागि अहिलेसम्म ५६ खेलमा ३२ गोल गरेका छन् । मेसीले मेसीले देशका लागि अहिलेसम्म ८१ खेलमा ६१ गोल गरेका छन् ।
यो वर्ष रोनाल्डोल लिगका २२ खेलमा १८ गोल र क्लबका सबै प्रतियोगितामा गरी ३३ ३ गोल गरेका छन् । देशका लागि रोनाल्डोले अहिलेसम्म १४७ खेलमा ७९ गोल गरेका छन् ।
इङल्याण्डको टोटनहमका कप्तान एवं स्टार ह्यारी केनले पनि यो वर्ष उत्कृष्ट खेलिरहेका छन् । केनले यो वर्ष प्रिमियर लिगका २९ खेलमा २४ गोलसहित क्लबस्तरीय सबै प्रतियोगितामा गरी ३९ खेलमा ३५ गोल गरिसकेका छन् । देशका लागि केनले अहिलेसम्म २३ खेलमा १२ गोल गरेका छन् ।